काठमाण्डौ । ललिता निवास क्षेत्रको सरकारी जग्गा ७ दिनभित्र खाली गर्न खाली गर्न काठमाण्डौ महानगरपालिकाले सूचना निकालेको छ ।
बुधबार सूचना निकालेर महानगरपालिकाले काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट हटेर खालि गर्न सम्बन्धित व्यक्ति, कम्पनी र संघसंस्थालाई भनेको हो । सरकारी जग्गामा रहेका संरचना ७ दिन भित्र हटाइसक्न पनि महानगरपालिकाले भनेको छ । तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाउने महानगरले जनाएको छ ।
महानगरको सूचनामा लेखिएको छ(‘विशेष अदालत, काठमाण्डौबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाण्डौ महानगरपालिका वडा नं। ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–१३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ ९१० ले काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मतसंभार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको छ । विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाण्डौ महानगरपालिका वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’
अर्थ चाैतारी ।