logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • बैदेशिक रोजगारीमा जानेहरूको मेडिकल परीक्षण गर्ने ७० स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णय

    बैदेशिक रोजगारीमा जानेहरूको मेडिकल परीक्षण गर्ने ७० स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णय

    1.7K
    SHARES
    बैदेशिक रोजगारीमा जानेहरूको मेडिकल परीक्षण गर्ने ७० स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णय

    काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ ।



     

    मन्त्रालयले गत माघ १२ गते नै मापदण्ड पूरा गर्न निर्देशन दिए पनि पालना नगरेका कारण ती स्वास्थ्य संस्थाले बैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न नपाउने निर्णय गरेको हो ।

     

    मन्त्रालयले गत भदौमा २ सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्दा मापदण्ड पूरा नगरेका संस्थालाई मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो । सरकारले थप ६७ वटा स्वास्थ्य संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ ।

    मन्त्रालयमा २ सय १५ स्वास्थ्य संस्था दर्ता भएकामध्ये केहीले स्वास्थ्य परीक्षणबिना नै ‘मेडिकल रिपोर्टर्’ दिने गरेको अनुगमनका क्रममा पाइएको, केहीमा कर्मचारी र उपकरण पर्याप्त नभएको, केहीले दर्ता नगरेको जस्ता समस्या रहेको पाइएको मन्त्रालयले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १३ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट