logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • व्यापारी विशाल पण्डितसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर, करिब तीन करोड बिगो मागदाबी

    व्यापारी विशाल पण्डितसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर, करिब तीन करोड बिगो मागदाबी

    1.2K
    SHARES
    व्यापारी विशाल पण्डितसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर, करिब तीन करोड बिगो मागदाबी

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको भन्दै व्यापारी विशाल पण्डितसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।



     

    कोसी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिएको दाबी गर्दै व्यापरी पण्डितसहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका कार्यरत बायोमेडिकल इन्जिनियर कुसल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेता, स्वास्थ्य निर्देशनालय धनकुटकाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेसनल प्रालि र हस्पिटेकका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    आयोगले उनिहरू विरुद्ध करिब तीन करोड बिगो मागदाबी गरेको विेशष अदालतले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १८ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट