logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • जनउत्थान समुदायिक लघुवित्तमा ५ संचालक नियुक्त

    जनउत्थान समुदायिक लघुवित्तमा ५ संचालक नियुक्त

    507
    SHARES
    जनउत्थान समुदायिक लघुवित्तमा ५ संचालक नियुक्त

    काठमाण्डौ । जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ५ जना नियुक्त भएका छन् । कम्पनीको चैत ३० गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फ तीन जना सञ्चालक र सर्वसाधारण तर्फबाट दुई जनालाई निर्वाचित भएका हुन् ।



    सञ्चालक समितिमा संस्थापक समुहका डा.मान बहादुर बी.के.लाई अध्यक्षमा निर्वाचित गरेको छ । संस्थापक समुहबाट डा. मेग बहादुर बिश्वकर्मा र यज्ञ विक्रम शाही सञ्चालक सदस्यमा चयन भएका छन् । सर्वसाधारण समुहबाट हुमा कुमारी कुँवर थापा र गरुराज बरुवाल चयन भएका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट