images

१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाण्डौ बोलाइयो

काठमाण्डौ । १६ औँ पञ्चवर्षीय योजनाका लागि बिहीबार राष्ट्रिय विकास परिषद्को वृहत् बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षमा बस्ने आयोगको बैठकले आर्थिक वर्ष २०८१/८२ देखि २०८६/८७ सम्मको ५ वर्षे वृहत् रणनीति बनाउनेछ ।

सत्तासीन राजनीतिक दल र प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता रहने यस बैठक आवधिक योजनाका लागि सबैभन्दा ठुलो र महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा सबै पूर्व प्रधानमन्त्रीहरूलाई समेत निम्ता पठाइएको छ ।

images

कार्यक्रममा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राख्नेछन् भने उनको प्रस्तुतिमाथि वक्ताहरूले धारणा राख्नेछन् । कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासहित सत्ता साझेदार दलका सबै अध्यक्षहरूले सम्बोधन गर्ने आयोगले जानकारी गराएको छ ।

कार्यक्रममा सबै प्रदेशका मुख्यमन्त्री र स्थानीय सरकारका प्रतिनिधि (७५३ पालिकाहरूबाटै) प्रतिनिधिहरूलाई अनिवार्य उपस्थितिका लागि आमन्त्रण गरिएको छ । साथै निजी क्षेत्रका प्रतिनिधि संघ संगठन र ठुला उद्योगी, व्यवसायीहरू समेत कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा उठेको सवाल, सल्लाह तथा सुझाव १६औँ पञ्चवर्षीय योजनामा समेटिनेछ ।

images