images

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मृत्यु भएकोले निजको हकवाला आशा कुमारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो ।

images

सानिमा बैंकका मधेस प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. २५ हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

images