images

नेप्सेमा ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १ प्रतिशत बोनस वापत ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

images

बैंकको गत मंसिर २८ गते सम्पन्न भएको १७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।

images