images

पाल्पा सिमेन्टको ७५ करोडको सेयर प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

काठमाण्डौ । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ। सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन्।

पाल्पा सिमेन्टको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्नेछ।

images

 

सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इन्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए। योभन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ।

images