काठमाण्डाै । सयपत्री हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
जस अनुसार कम्पनीले बैंकहरुको ऋण भुक्तानी गर्ने र दरम खोला ए जलविद्युत आयोजनाको मर्मत सुधारको लागि प्रयोजनको लागि चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।
साथै उक्त हकप्रद शेयर जारी गर्नु पूर्व “कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धि निर्देशिका, २०७८” को दफा ३ को उपदफा ३ बमोजिम विद्युत नियमन आयोगको सहमति लिई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी बार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।
अर्थ चाैतारी ।