logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • फर्स्ट माइक्रोफाइनान्सको १५औँ साधारण सभा आह्वान, ९.४७ प्रतिशत लाभांश पारित गर्ने

    फर्स्ट माइक्रोफाइनान्सको १५औँ साधारण सभा आह्वान, ९.४७ प्रतिशत लाभांश पारित गर्ने

    767
    SHARES
    फर्स्ट माइक्रोफाइनान्सको १५औँ साधारण सभा आह्वान, ९.४७ प्रतिशत लाभांश पारित गर्ने

    काठमाण्डौ । लाभांश प्रस्ताव पारित गर्न फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण बोलाएको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ११ गते बसेको बैठकले पुस ११ गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाण्डौमा १५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको हो ।



    लघुवित्तको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले ५८ लाख ४४ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । लघुवित्तको सभाबाट सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • बुधबार, १२ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट