logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • दुई हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा आज बस्दै

    दुई हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा आज बस्दै

    871
    SHARES
    दुई हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा आज बस्दै

    काठमाण्डौ । नेप्सेमा सूचीकृत दुई हाइड्रोपावर कम्पनी सगरमाथा जलविद्युत र माई खोला हाइड्रोपावरको वार्षिक साधारण सभा आज मंसिर १४ गते शुक्रबार काठमाण्डौमा बस्दैछ।



    सगरमाथा जलविद्युतको सभा मार्ट दरबार, शंखरपार्क, काठमाण्डौमा बिहान ९ बजे सुरु हुनेछ। सभामा ४.७५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

     

    साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनका साथै अन्य वित्तीय विवरणहरूमा पनि छलफल हुनेछ। चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारणको एजेन्डा पनि रहेको छ। सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते बुक क्लोज गरिसकेको छ।

     

    त्यस्तै, माई खोला हाइड्रोपावरको सभा स्मार्ट दरबार, शंखरपार्क, काठमाण्डौमा बिहान ११ बजे सुरु हुनेछ। यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव प्रस्तुत नगरिने कम्पनीले जनाएको छ।

     

    साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनका साथै अन्य वित्तीय विवरणहरूमा पनि छलफल हुनेछ। चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ। सभा प्रयोजनार्थ यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरेको थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, १४ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट