logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सूर्यज्योति लाइफको पुस ६ गते साधारणसभा हुदैँ

    सूर्यज्योति लाइफको पुस ६ गते साधारणसभा हुदैँ

    2.3K
    SHARES
    सूर्यज्योति लाइफको पुस ६ गते साधारणसभा हुदैँ

    काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सत्रौं वार्षिक साधारणसभा पुस ६ गते शनिबार बोलाएको छ। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले विराटनगरस्थित बिग होटलमा बिहान १० बजे सभा बस्ने निणर्य गरेको हो।



    यस कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश ९कर समेत० शेयरधनीलाई वितरण गर्ने निणर्य गरिसकेकाले सो निणर्य पारितका लागि सभामा पेश गर्नेछ।

    यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ति र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसका आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • आइतबार, १६ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट