logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आज एकैदिन २१ कम्पनीको साधारणसभा, कसका के छन् एजेन्डा ?

    आज एकैदिन २१ कम्पनीको साधारणसभा, कसका के छन् एजेन्डा ?

    1K
    SHARES
    आज एकैदिन २१ कम्पनीको साधारणसभा, कसका के छन् एजेन्डा ?

    काठमाण्डौ । दोस्रो बजारमा सूचीकृत २१ कम्पनीको साधारणसभा आज हुँदैछ । नेपाल स्टक एक्सचेञ्जमा आवद्ध भइ कारोबार हुँदै आएका विभिन्न क्षेत्रका कम्पनीको साधारणसभा आज हुन लागेको हो ।



    पुस मसान्त नजिकिँदै गर्दा नियामकीय प्रावधान पुर्याउनुपर्ने भएकोले साधारणसभा गर्ने कम्पनीको संख्या बढेको हो । यसरी साधारणसभा बोलाउने कम्पनीहरुमा नेपाल दूरसञ्चार प्राधिकरण, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, मञ्जुश्री फाइनान्स, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, मल्टिप्रोपोज फाइनान्स, हिमालयन डिस्टिलरी छन् ।

    त्यस्तै, जीवन विकास लघुवित्त, सूर्योदय ओमी लघुवित्त, मिथिला लघुवित्त, वुटवल पावर कम्पनी, माउन्टेन इनर्जी नेपाल, चिलिमे हाइड्रोपावर, राधी जलविद्युत्, मैलुङ खोला जलविद्युत्, सानिमा माई हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, बलेफी हाइड्रोपावर, राप्ती हाइड्रो कन्स्ट्रक्सन र मोदी इनर्जीको पनि आजै साधारणसभा हुँदैछ । उल्लेखित सबै कम्पनीले विभिन्न मितिमा बुक क्लोज समेत गरिसकेका छन् ।

    साधारणसभा हुँदै गरेकामध्ये १२ वटा कम्पनीको लाभांश घोषणा भएको छ । यसमध्ये दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ३० प्रतिशत नगद लाभांश रहेको छ । सात कम्पनीको सञ्चालक समिति निर्वाचन हुँदैछ । ३ कम्पनीको हकप्रद शेयर निष्कासनका लागि प्रस्ताव गरिएको छ । एउटा कम्पनीले एफपीओ प्रस्ताव समेत गर्दैछ भने एउटा कम्पनीले परिपक्व नहुने अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गर्दैछ । वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने लगायत सामान्य प्रस्ताव भने सबै कम्पनीहरुको रहनेछ ।

    list of AGM


    अर्थ चाैतारी
  • आइतबार, २८ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट