logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न

    1.3K
    SHARES
    राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न

    काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न सभामा गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।



    सभामा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै जाने बताए । उनले प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेको जानकारी गराए ।

    उनले बैंकिङ्ग क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न आफ्नो प्रतिस्पर्धी क्षमता अभिबृद्घि गर्दै समय सान्दर्भिक कार्य पद्घतिको विकास गर्ने उद्धेश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरुमा समय सापेक्ष परिमार्जन गर्दै आएको बताए । बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष ढुङ्गानाको भनाई छ ।

    बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २९ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट