logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • वीरेन्द्र बिधामन्दिर मावि टीकापुरमा अत्याधुनिक पुस्तकालय तथा इ-लाइब्रेरीको उद्घाटन

    वीरेन्द्र बिधामन्दिर मावि टीकापुरमा अत्याधुनिक पुस्तकालय तथा इ-लाइब्रेरीको उद्घाटन

    897
    SHARES
    वीरेन्द्र बिधामन्दिर मावि टीकापुरमा अत्याधुनिक पुस्तकालय तथा इ-लाइब्रेरीको उद्घाटन

    कैलाली । वीरेन्द्र बिधामन्दिर माध्यमिक विद्यालय , टीकापुरको स्वर्ण महोत्सवको अवसरमा टीकापुर सरोकार समूहको संयोजनमा स्थापना गरिएको आधुनिक पुस्तकालय तथा ई- लाइब्रेरीको आज उद्घाटन गरिएको छ । स्वर्ण महोत्सव कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री माननिय प्रकाशमान सिंहले रिबन काटेर पुस्तकालयको उद्घाटन गरेका हुन् ।पुस्तकालयका लागि युगाण्डाका लागि नेपालका मानार्थ वाणिज्य दूत डा. सुधीर रुपारेलियाले रुपारेलिया फाउण्डेशन युगाण्डाबाट , विद्यालयका पूर्व अध्यक्ष तथा टीकापुर बिकास समितिका पुर्व अध्यक्ष मीनबहादुर रावल तथा स्वर्गीय साहित्यकार गगनसिहं थापाको स्मृतिमा स्थापित संस्था गगन फाउण्डेशनले आर्थिक सहयोग गरेका थिए ।



    पुस्तकालयको विस्तार, आधुनिकीकरण र ई- लाइब्रेरीको स्थापना गर्न नेपाल लाइब्रेरी फाउण्डेशन नेपालको प्राविधिक सहयोग गरेको थियो । १२ लाख रुपैयाँको लागतमा स्थापना गरिएको लाइब्रेरीमा १० वटा कम्प्युटर, एक ल्यापटप, प्रिन्टर, स्क्यानर, बारकोड रिडर, सर्भर कम्प्युटर आदि राखिएको छ ।साथै पाठ्यसामग्रीमा आधारित विभिन्न बिधाका दुई हजार भन्दा बढी नयाँ पुस्तकहरु समेत थपिएको छ ।

    पुस्तकालयमा ९ हजार ७४८ डिजिटल पुस्तक, ३ हजार ८४९ अडियो पुस्तक, ३ हजार ५१८ शिक्षा केन्द्रित भिडियो, बाल केन्द्रित ई- पाठ, विकिपिडिया (स्कुल), ४ हजार ८०२ जना विभिन्न लेखकका पाठ्यक्रममा आधारित ज्ञानबद्र्धक पुस्तक र पठन सामग्री राखिएका छन् । पुस्तकालयको आधुनिकीकरण तथा ई- लाइब्रेरीको स्थापनाले शैक्षिक गुणस्तर वृद्धि गर्न मद्दत पुग्ने बिधालयका पुर्व बिद्यार्थी एंव टीकापुर सरोकार समूहका अध्यक्ष प्रशान्त अर्यालले बताए । बिधालयका पुर्व बिद्यार्थी तथा टीकापुर सरोकार समुहका संरक्षक हिक्मत थापाले यस परियोजनाको लागि श्रोत र सहयोग जुटाउन समन्वय गरेका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, ११ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट