काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कार्यविधि नभएका कारण पशुपति मन्दिरका लागि सुन दान दिन्छु भन्दा पनि लिन नसकिएको बताएका छना्।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)को बिहीबार गुह्येश्वरीमा शुभारम्भ गर्दै उनले अब चाँडै कार्यविधि बनाएर सुन दान लिइने बताएका हुन्। उनले कार्यविधि नभएकै कारण भारत गोवाका मुख्यमन्त्रीले पशुपति मन्दिरको शिवलिंगको नाग परिवर्तनका लागि सुन दान दिन्छु भन्दा पनि स्वीकार गर्न नसकिएको सुनाए।
‘गोवाका मुख्यमन्त्रीबाट पशुपति शिवलिंगको नाग परिवर्तन गर्नका लागि कति सुन चाहिन्छ दिन्छु भन्ने प्रस्ताव आएको छ’उनले भने। मन्दिर क्षेत्रमा दान लिइने सुनका विषयमा कार्यविधि बनाउन समिति गठन गरिसकेको उनको भनाइ छ।
अर्थ चाैतारी ।