logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विमान दुर्घटनामा २०४ जनाको शव भेटियो, प्रहरी भन्छ : जीवित फेला पार्न मुस्किल

    विमान दुर्घटनामा २०४ जनाको शव भेटियो, प्रहरी भन्छ : जीवित फेला पार्न मुस्किल

    806
    SHARES
    विमान दुर्घटनामा २०४ जनाको शव भेटियो, प्रहरी भन्छ : जीवित फेला पार्न मुस्किल

    काठमाण्डौ । गुजरातमा एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्युको पुष्टि भएको त्यहाँका प्रहरी कमिस्नरले बताएका छन्।



    अहमदावादका प्रहरी प्रमुख जीएस मलिकले जीवित फेला पार्न मुस्किल रहेको जनाएका छन्। २०४ वटा शव दुर्घटनास्थलबाट निकालिएको उनको भनाइ छ। तर ती सबै विमानका यात्रु हुन् अथवा स्थानीय भन्ने खुलेको छैन।

     

    विमानमा सवार यात्रु र चालकदलका सदस्यका अलावा अन्य व्यक्तिको मृत्यु भएको छ। विमान ठोक्किएपछि होस्टेलका ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    होस्टेलबाट करिब ५० जनालाई अस्पताल लगिएको बताइएको छ। एजेन्सी


    अर्थ चाैतारी
  • विहिबार, २९ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट