logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • इजरायलको आलोचना गर्ने अमेरिकी सैनिक अधिकृतलाई त्यहाँको रक्षा मन्त्रालयले गर्‍यो बर्खास्त

    इजरायलको आलोचना गर्ने अमेरिकी सैनिक अधिकृतलाई त्यहाँको रक्षा मन्त्रालयले गर्‍यो बर्खास्त

    949
    SHARES
    इजरायलको आलोचना गर्ने अमेरिकी सैनिक अधिकृतलाई त्यहाँको रक्षा मन्त्रालयले गर्‍यो बर्खास्त

    एजेन्सी । सामाजिक सञ्जालमा छद्नामबाट इजरायलविरोधी सामग्री निरन्तर पोस्ट गर्दै आएका अमेरिकी सैनिक अधिकृत कर्नेल नेथन मककोर्माकलाई त्यहाँको रक्षा मन्त्रालय पेन्टागनले जिम्मेवारीबाट बर्खास्त गरेको छ । जोइन्ट चीफ्‌स अफ स्टाफको जे५ योजना निर्देशनालयमा लेभान्ट र इजिप्ट शाखा प्रमुख रहेका मककोर्माकलाई उक्त पदबाट बर्खास्त गरेर अनुसन्धानको दायरामा राखिएको छ ।



     

    जुइस न्युज सिन्डिकेट नामक यहुदीहरूको मिडिया संगठनले मककोर्माकको आपत्तिजनक पोस्टहरूको रिपोर्टिङ गरेको थियो । अहिले मककोर्माकको अकाउन्टलाई बन्द गरेर उनीविरुद्धको अनुसन्धान आरम्भ गरिएको हो । उनले नेट नामक अकाउन्टमा आफ्‌नो व्यक्तिगत विवरण र पद तथा जिम्मेवारीको सूचना पनि राख्ने गरेका थिए । इजरायली डिफेन्स फोर्सेससँग गरेको कुराकानीको विवरण पनि उनले अकाउन्टमा पोस्ट गरेका थिए ।

     

    ती पोस्टहरूमा मककोर्माकले नेतान्याहु र उनका अमेरिकामा रहेका यहुदी सर्वोच्चतावादी साथीहरूले इजरायललाई खराब व्यवहार गर्न दुरुत्साहन गरेको लेखेका थिए । अमेरिकामा रहेका इजरायलसमर्थक अभियन्ताहरूले अमेरिकाको वास्तविक अन्तर्राष्ट्रिय सरोकारलाई थाती राखेर इजरायलको समर्थन गराइरहेको पनि उनले लेखे ।

     

    इजरायलले गाजामा जातिसफाया गरिरहेको र लेबननविरुद्धको युद्ध सुरु नगर्नका लागि अमेरिकाले दिएको चेतावनीलाई पनि बेवास्ता गरेको पनि उनले लेखेका थिए ।


    अर्थ चाैतारी
  • बुधबार, ४ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट