logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गाजामा बम विस्फोट हुँदा ७ इजरायली सैनिकको मृत्यु

    गाजामा बम विस्फोट हुँदा ७ इजरायली सैनिकको मृत्यु

    1K
    SHARES
    गाजामा बम विस्फोट हुँदा ७ इजरायली सैनिकको मृत्यु

    एजेन्सी । गाजापट्टिमा इजरायली सैनिकहरू चढेको सशस्त्र गाडीमा विस्फोट हुँदा सातजनाको मृत्यु भएको छ । मंगलवार भएको उक्त घटनामा मारिएका सैनिकहरूको नाम बुधवार सार्वजनिक गरिएको छ ।



    विगत केही महिनायता इजरायली सेनाले बेहोरेको यो सबभन्दा ठूलो क्षति हो । ती सैनिकहरू ६०५औं कम्ब्याट इन्जिनियरिङ बटालियनमा कार्यरत थिए ।

     

    गाजामा हमासविरुद्ध सैन्य कारवाही चलाइरहेको इजरायलले अहिलेसम्म ४४० जना सैनिक गुमाइसकेको छ । इजरायल डिफेन्स फोर्सेसले गरेको अनुसन्धानमा हमासका लडाकूले इजरायली सैनिकहरू चढेको गाडीमा बम जडान गरेको पाइएको छ । ती सैनिकहरू खान युनिस क्षेत्रमा हुँदाखेरी बम विस्फोट भएको हो ।

     

    विस्फोटका कारण गाडीमा आगो लागेको थियो । आगो निभाउने सबै प्रयास विफल भएको थियो । आगोका कारण गाडीभित्रका सबै सैनिकको ज्यान गएको थियो । डढेको गाडीको अवशेष पछि गाजाबाट अन्यत्र लगिएको थियो ।

     

    हमासले यस आक्रमणको जिम्मेवारी लिएको छ । खान युनिस क्षेत्रमै भएको अर्को घटनामा ६०५औं बटालियनका दुईजना सैनिकहरू घाइते भएका थिए । घाइतेमध्ये एकको स्थिति गम्भीर छ । ती सैनिकहरूले बुलडोजर चलाइरहेको बेलामा आरपीजी बन्दूकबाट गोली चलाइएको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, ११ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट