logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आधा साउन सकिनै लाग्दा देशभर ७८.८४ प्रतिशत भूभागमा मात्रै धान रोपाइँ

    आधा साउन सकिनै लाग्दा देशभर ७८.८४ प्रतिशत भूभागमा मात्रै धान रोपाइँ

    533
    SHARES
    आधा साउन सकिनै लाग्दा देशभर ७८.८४ प्रतिशत भूभागमा मात्रै धान रोपाइँ

    काठमाण्डौ । साउन मध्य हुनै लाग्दा देशभर धान खेतीयोग्य जमिनमध्ये ७८.८४ प्रतिशत भूभागमा मात्रै धान रोपाइँ भएको छ । त्यसमध्ये पनि मधेशमा आधा मात्रै रोपाइँ भएको छ । सुदूरपश्चिममा भने झण्डै शतप्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोशीमा ८०.३९ प्रतिशत, मधेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ ।



    त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ । कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

    गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, १२ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट