logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सवारी कारबाहीबाट कैलालीमा ४ करोड ४१ लाख राजस्व संकलन

    सवारी कारबाहीबाट कैलालीमा ४ करोड ४१ लाख राजस्व संकलन

    949
    SHARES
    सवारी कारबाहीबाट कैलालीमा ४ करोड ४१ लाख राजस्व संकलन

    कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।



    कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले यो राजस्व ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट संकलन भएको जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा भन‍े यस्तो राजस्व चार करोड ८९ लाख ८७ हजार थियो ।

    गत आवमा सुदूरपश्चिम प्रदेशभरिमा भएका एक हजार २०३ वटा सवारी दुर्घटनाबाट एक सय ९२ जनाको मृत्यु भएको पनि उनले बताए । प्रहरी उपरीक्षक शाहीले उक्त दुर्घटनाहरूमा दुई हजार चार जना घाइते पनि भएका जानकारी दिए । त्यस्तै सोही अवधिमा सवारी दुर्घटनाबाट १३ वटा पशुचौपायको समेत मृत्यु भएको उनको भनाइ छ ।

    प्रहरी उपरीक्षक शाहीका अनुसार तीव्र गतिका कारण सबैभन्दा बढी सात सय ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै मादकपदार्थ सेवनका कारण एक सय ३६, ओभरटेक ३२, मेकानिकल ५५, सडकरमौसमका कारण २६, चौपायाका कारण १९ र बाँकी अन्य कारणबाट सवारी दुर्घटना भएका छन् ।

     

    ट्रक, ट्याक्टर, टिपर, डोजर, बस, माइक्रो, जीप, कार, टेप्पो, मोटरसाइकललगायत दुर्घटनामा संलग्न सवारीसाधन एक हजार ७२६ वटा रहेका छन् । यस कार्यालय र मातहतका कार्यालयबाट ‘चालकसँग एक मिनेट’, ‘स्कुल सम्पर्क’, ‘अभिभावकसँग ट्राफिक प्रहरी’लगायत कार्यक्रम सम्पादन गरिएका प्रहरी उपरीक्षक शाहीले उल्लेख गरे । उनका अनुसार पहाडी रुट गोदावारीबाट बुडर, बुडरबाट स्याउलेसम्म ‘टाइमकार्ड’ लागु गरी कडाइका साथ कार्यान्वयन गरिएको छ ।

     

    लामो दूरीका भाडाका यात्रुवाहक बसमा दुई जना चालक भए/भएको टिसिए एप्स (ट्राफिक कम्युनिकेसन एप्लिकेसन) को प्रयोग गरी चेकजाँचलाई निरन्तरता दिइएको उनले बताए ।

    सांकेतिक तस्बिर
    रासस


    अर्थ चाैतारी
  • आइतबार, १८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट