logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • संसदीय छानबिन समितिले ‘कुलिङ पिरियड’ मा छलछामबारेको प्रतिवेदन सभामुखलाई बुझायो

    संसदीय छानबिन समितिले ‘कुलिङ पिरियड’ मा छलछामबारेको प्रतिवेदन सभामुखलाई बुझायो

    780
    SHARES
    संसदीय छानबिन समितिले ‘कुलिङ पिरियड’ मा छलछामबारेको प्रतिवेदन सभामुखलाई बुझायो

    काठमाण्डाै । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ । समितिले आज संसद् भवन नयाँ बानेश्वरमा सभामुखलाई प्रतिवेदन बुझाइएको हो ।



     

    विशेष समितिले निजामती र सरकारी कर्मचारीले अवकाश वा राजीनामापछिको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र सरकारीलगायतका नियुक्ति नपाउने सङ्घीय निजामती सेवासम्बन्धी विधेयकको व्यवस्था खण्डित हुने प्रावधान राखेकामा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।

     

    आज बिहान प्रतिवेदनले अन्तिम रूप पाएको थियो । निजामती विधेयकको प्रतिवेदनमा हस्ताक्षरकर्ता भएका कारणले समिति सभापति खतिवडा र समिति सचिव सुरजकुमार दुरालाई नैतिक रूपमा जिम्मेवार बनाइएको सांसदहरूले बताएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २० साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट