logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • धितोपत्र बोर्डबाट सूर्यकुन्ड हाइड्रोले पायो आइपीओ अनुमति

    धितोपत्र बोर्डबाट सूर्यकुन्ड हाइड्रोले पायो आइपीओ अनुमति

    1.7K
    SHARES
    धितोपत्र बोर्डबाट सूर्यकुन्ड हाइड्रोले पायो आइपीओ अनुमति

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकलाई आइपीओ अनुमति दिएको छ।



    धितोपत्र बोर्ड बोर्डले आज सूर्यकुन्ड हाइड्रोलाई १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको आइपीओ अनुमति दिएको हो। अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७९ हजार ३५० कित्ता आइपीओ जारी गर्नेछ।

     

    यो सार्वजनिक निष्कासन कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबरको रहेको छ। हाल कम्पनीमा संस्थापक समूहको ८० प्रतिशत अर्थात ५५ करोड १७ लाख रुपैयाँ ४९ हजार ४०० रुपैयाँ लगानी रहेको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँ पुग्नेछ।

    कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।


    अर्थ चौतारी
  • विहिबार, २५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट