logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अपि पावरको लगानी रहेको सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

    अपि पावरको लगानी रहेको सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

    2.1K
    SHARES
    अपि पावरको लगानी रहेको सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

    काठमाण्डौ । अपि पावरको लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज मङ्सिर २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।



     

    बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

     

    यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २६ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट