images

वाणिज्य बैंकहरुले ९ महिनामा तिरे १९ अर्ब २४ करोड आयकर, कुनको कति?

काठमाण्डौ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले १९ अर्ब २४ करोड रुपैयाँ आयकर बझाएका छन्। उक्त कर रकम गत वर्षको यही अवधिको तुलनामा केही घटेको हो।

 

images

गत वर्ष सो अवधिमा वाणिज्य बैंकहरुले आयकर झण्डै २० अर्ब रुपैयाँ बुझाएका थिए। उक्त वर्ष सोही अवधिमा १९ अर्ब ९९ करोड रुपैयाँ आयकर तिर्नुपर्ने वित्तीय विवरण थियो। कम्पनीहरुले कमाएको आम्दानीबाट सरकारलाई आयकर तिर्नुपर्ने हुन्छ।

 

 

 

चालू आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै आयकर नबिल बैंकले तिरेको छ। यसअघि पनि नबिल बैंक लगातारजसो धेरै कर तिर्ने कम्पनीको सूचीमा समेत समावेश हुँदै आएको छ। ९ महिना अवधिमा नबिल बैंकको आयकर तिर्नुपर्ने वित्तीय विवरण १ अर्ब ९६ करोड रुपैयाँ देखिएको छ।

 

त्यसपछि प्रभु बैंकले धेरै कर तिरेको छ। बैंकले १ अर्ब ५५ करोड आयकर बुझाउँदा नेपाल इभेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड, ग्लोबल आईएमई बैंकले १ अर्ब २३ करोड बुझाएको छ।

 

त्यस्तै प्राइम बैंक १ अर्ब २३ करोड, कुमारी बैंक १ अर्ब २२ करोड, एभरेष्ट बैंक १ अर्ब ११ करोड, हिमालयन बैंक १ अर्ब ६ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक १ अर्ब ४ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १ करोड आयकर तिरेको छ।

 

यसबाहेक एनएमबी बैंक ९३ करोड, सिद्धार्थ बैंक ७४ करोड, एनआईसी एसिया बैंक ७० करोड, सिटिजन्स बैंक ६६ करोड, कृषि विकास बैंक ६३ करोड, लक्ष्मी सनराइज बैंक ६२ करोड, सानिमा बैंक ५६ करोड, नेपाल एसबीआई बैंक ५२ करोड, माछापुच्छ्रे बैंक ५१ करोड र नेपाल बैंकले ४५ करोड रुपैयाँ आयकर तिरेको छ।

 

बैंक तथा वित्तीय संस्थाले बुझाएको कर र बैंकको विवरणको कर परीक्षण हुने गर्छ। गत आर्थिक वर्षको कर परीक्षण अहिले भइरहेको छ भने चालू आर्थिक वर्षको आगामी आर्थिक वर्ष हुनेछ। कर परीक्षणबाट धेरै कर तिरेको देखिएमा कर फिर्ता समेत हुने गरेको छ। थप तिर्नुपर्ने देखिएमा थप शुल्क समेत असुल हुँदै आएको छ।

 

 

 

हरेक वर्ष कर दिवसको दिन उत्कृष्ट बैंकलाई आन्तरिक राजस्व विभागले सम्मान समेत गर्ने गरेको छ। कर परीक्षणमा समय लाग्ने भएकोले १ वर्षको अन्तर राखेर अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट हुनेलाई सम्मान गरिँदै आएको छ। अधिकांश बैंक तथा वित्तीय संस्था ठूला करदाता कार्यालयमा आबद्ध छन्। १ अर्ब रुपैयाँभन्दा बढी करयोग्य आम्दानी गर्नेहरु ठूला करदाता कार्यालयमातहतमा पर्छन्।

 

 

 

सोहीअनुसार सबै वाणिज्य बैंकहरु र विकास बैंकहरु यस कर कार्यालयमा आबद्ध छन्। ठूला करदाता कार्यालयको ६० प्रतिशत बढि संकलित करको हिस्सा बैंक तथा वित्तीय संस्थाले ओगटेका छन्। त्यसमा पनि वाणिज्य बैंकहरु अब्बल कर तिर्ने कम्पनीमा पर्छन्। केही उत्पादनमूलक उद्योग छाडेर बैंक तथा वित्तीय संस्था नै ठूला करदाता कार्यालयको मुख्य करस्रोत रहँदै आएको छ।

images