आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

अर्थ चौतारी

आज यी चार प्रदेशमा हल्का वर्षाको ...

काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?