काठमाण्डौ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम यो वर्ष आजसम्मकै कम

काठमाण्डौ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम यो वर्ष आजसम्मकै कम

अर्थ चौतारी

काठमाण्डौ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम यो ...

काठमाण्डौ । काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम दिनप्रतिदिन घटिरहेको छ।

यस क्रममा आज (शुक्रबार) बिहान ५:४५ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

हिजो बिहीबार यो समय काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो। यस हिसाबले प्रारम्भिक मापनमा काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको हो।

यद्यपि बिहीबार बिहान ८:४५ बजेको अन्तिम मापनमा काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्री सेल्सियस कायम भएको थियो।

आजको पनि वास्तविक न्यूनतम तापक्रम अहिले सोही समयमा पुन: मापन गरिनेछ। त्यसबेला सुरुवातमा गरिएको मापनमा भन्दा काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ सुरुकै कायम पनि रहन सक्ने मौसमविद् अधिकारीले बताए।

मौसमविद् अधिकारीका अनुसार प्रारम्भिक मापनका हिसाबले १३.३ डिग्री सेल्सियस, काठमाण्डौ उपत्यकामा यो वर्ष आजसम्मकै कम न्यूनतम तापक्रम हो।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?