एनपीएलको टिकट मूल्य सार्वजनिक, आजैबाट खरिद गर्न सकिने

एनपीएलको टिकट मूल्य सार्वजनिक, आजैबाट खरिद गर्न सकिने

अर्थ चौतारी

एनपीएलको टिकट मूल्य सार्वजनिक, आजैबाट खरिद ...

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ।

क्यानले लिग चरणका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ निर्धारण गरेको छ।

त्यसैगरी, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ।

क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको टिकट मूल्य सार्वजनिक गरेको हो।

तेस्रो संस्करणको एनपीएलका टिकट बिहीबार साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?